hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobethepbethepbet girisjojobetsüperbetinsuperbetinsüperbetin girişbetparksüperbetinpadisahbet güncel girişsüperbetinsuperbetinjojobet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

१०० किलो सुन प्रकरणमा बर्षमान पुनको नाम मुछिएपछी पार्टीका अध्यक्ष समेत रहेका प्रचण्डले नेताहरुलाई फोटो खिच्दा ध्यान दिनु पर्ने बताएको छ ।

१ सय किलो सुन तस्करी प्रकरणमा तस्कर दावा छिरिङसंग आफ्नो परिवार डिनर  गरिरहेको फोटो बाहिरएपछि  उपमहासचिव वर्षमान बिबादमा तानिएका थिए ।

यस प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग नेता पुन र उनकी पत्नी ओनसरी घर्ती तथा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले खिचाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । फोटोसँगै यस प्रकरणमा उनीहरूको संलग्नता भएको आशङ्का गरिएको छ ।

‘विभिन्न मान्छेहरूसँग भेटघाट हुन्छ । तर, उनीहरूसँग भेटघाट गर्दा, तस्बिर खिचाउँदा ख्याल गर्नुहोला,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेको कुरा उद्धृत गर्दै एक नेताले भने, ‘अहिले त्यही तस्बिरलाई लिएर अहिले अनुसन्धान नै प्रभावित गर्ने गरी प्रचार हुँदैछ ।’ ती नेताका अनुसार प्रधानमन्त्रीले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरेका छन् ।

यता, नेता पुनले भने ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले आफूसँग जोडेर गरिएको प्रचार प्रति गम्भीर आपत्ति भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ। सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निष्पक्ष छानबिनको म पूर्ण रूपमा समर्थन गर्दछु। राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सबैसँग हार्दिक आग्रह गर्दछु। ।’

फेसबुक प्रतिक्रियाहरु