२०८१ माघ १०, बिहिबार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो: नेपाली राजदुताबास जापानले सर्बसाधारणको सेवाका लागि भन्दै नयाँ फोन नम्बर प्रयोगमा ल्याएको छ ।

राजदूतावासबाट प्रदान गरिने राहदानी, कन्सुलर र कानुनी परामर्श लगायतका सेवाहरूका लागि सम्पर्क गर्न सहज, सरल र सुलभ होस् भन्ने उद्देश्यले ‘राजदूतावासले ०३ – ३७१३-६२४१ को फोन प्रयोगमा ल्याएको जनाएको छ ।

राहदानी, कन्सुलर र कानुनी परामर्श लगाएतका बिषयमा जानकारी लिन सर्ब साधारणले फोन गरेपनि दुताबासले कहिल्यै फोन नउठाउने, केहि जानकारी लिन परे राजदुताबास नै धाउनु पर्ने बाध्यता रहेको र जापानको ब्यास्त जिबनमा सास्ती भएको भन्दै ब्यापक आलोचना हुदै आइरहेको थियो ।

सर्बसाधरण जनताको  यहि असन्तुष्टी र आलोचनालाई मध्यनजर गर्दै नेपालि राजदुताबास जापानले  नयाँ फोन नम्बर सार्बाजानिक गरेको बताएको छ । अब केहि कानुनि वा राजधानी कन्सुलर सम्बन्धि जानकारी लिन परे कार्यालय खुलेको दिन बिहान ९ : ३० बजेदेखि साँझ ५:३० बजेसम्म (अपरान्ह १:०० देखि २:०० बजेसम्म खाजा समय बाहेक) उपर्युक्त नम्बरमा फोन गर्न सकिनेछ ।

यसका अतिरिक्त राजदूतावासको इमेल contokyo@mofa.gov.np मार्फत् पनि राजदूतावासमा सम्पर्क गर्न सकिनेछ ।

प्रदान गरिने सेवाहरूका सम्बन्धमा राजदूतावासको वेबसाइट jp.nepalembassy.gov.np, राजदूतावासको फेसबुक पेज Embassy of Nepal in Tokyo र राजदूतावासको ट्विटर अकाउन्ट Embassy of Nepal, Tokyo बाट पनि अद्यावधिक गरिने दुताबासले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु