एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आफु आश्चर्यचकित भएको बताएका छन् ।
टोप बहादुर राइमाझीको बचाउमा निरन्तर बोल्दै आएको ओलीले फेरी टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भनेर प्रश्न गरेका छन् ।
आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्च चकित भयौं ।’
उनले थपे, ‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरु छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? ओलीले भने ।
नक्कली भुटानी शरणार्थी प्रकरनमा आफ्ना नेताहरु पक्राउ परेपछि ओलीले आक्रोश पोखेका छन् भने लडाकु सिबिरमा भएको भ्रष्टाचारमा छानबिन गर्न अक्तियारलाई आग्रह समेत गरेको छ ।