२०८१ जेष्ठ ७, सोमवार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौं । भुटानी शरणार्थी प्रकरण:  नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । यो संगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको शंख्या १२ पुगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

प्रहरीले उहाकै निबासबाट नियन्त्रणमा लिएका  खाणलाई अनुसन्धानका लागि  जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने अझै फरार  छन। उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ भने एमाले अद्यक्ष केपी ओलीले राइमाझिको बचाउ गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु