२०८१ माघ ९, बुधबार
  • Pramesh Tamu २ वर्ष अगाडि

बारा: बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्।

उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ३ हजार बढी मतान्तरले पछि पारेका छन्।

पछिल्लो परिणामअनुसार यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन् भने कुशवाहाले ६ हजार ७ सय ७१ मत पाएका छन्। उनीहरूबीच ३ हजार ९९ मतको अन्तर छ।

नेकपा एमालेका पुरूषोत्तम पौडेल ३ हजार ७ सय मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ११७४ मतसहित चौथो स्थानमा छन्।

आम जनता पार्टीका अरूण ज्ञवालीले ५८७ मत पाएका छन्।

फेसबुक प्रतिक्रियाहरु