२०८१ बैशाख २६, बुधबार
  • Pramesh Tamu १ वर्ष अगाडि

तनहुँ:  प्रतिनिधिसभा सदस्य उपनिर्वाचन तनहु १ को पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उमेद्वार स्वार्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।

निर्वाचन क्षेत्रको  ४२ वडामध्ये अहिलेसम्म १७ वडाको मत गनेर सकिएको छ,  भने वाग्लेले मतान्तरलाई पनि फराकिलो पर्दो लागेका छन् ।

वाग्लेले सुरूवातदेखि अग्रता कायम राखेका छन्। १७ वडाका २३ हजार मत गनेर सकिँदा रास्वाका वाग्लेले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई ४ हजार ८९० मतले पछि पारेका छन्।

वाग्लेले  ११ हजार ६७७ मत ल्याएका छन् भने भट्टराईले ६ हजार ७८७ मत सहित वाग्लेलाई पछ्याईरहेका छन्। एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ८०२ मतसहित तेस्रो स्थानमा छन्।

फेसबुक प्रतिक्रियाहरु