२०८२ बैशाख १३, शनिबार
  • Pramesh Tamu ८ बैशाख २०८०, शुक्रबार

तनहुँ ।  वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोड्फोड् भएको छ । बिहीबार राति पार्किङ गरेर छाडेको कार बिहान तोड्फोड भएको अवस्थामा भेटिएको हो ।

‘बिहीबार बेलुका साढे ८ बजे कारलाई दमैली बजारमा रहेको मालपोत कार्यालय अगाडिको सन्तोष होटलमा पार्किङ गरेर राखेको गाडी बिहान उठ्दा  होटलका कर्मचारीले कार तोड्फोड भएको जानकारी दिएका थिए ।’

कारको सिसा तोड्फोड भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार विकले जानकारी दिए ।  इन्स्पेक्टर विकका अनुसार कार दीलकुमारी खनालको नाममा रहेको छ । खनाल वाग्लेकी आमा हुन् । घटनाको बारेमा अनुसन्धान भइरहेको छ  ।

फेसबुक प्रतिक्रियाहरु