टोकियो: स्याङ्जा समाज जापानको छैटौ अधिबेशनबाट अध्यक्षमा चित्र गुरुङ सर्बसम्मतिले चयन हुनु भएको छ ।
टोकियो स्थित सोलामारी रेष्टुरेन्टको मुराहल सिनओकोबुमा सम्पन्न भएको स्याङ्गजा समाज जापानको छैटौ अधिबेशनबाट उहा २०२३-२०२५ का लागि सर्बसम्मतिले चयन हुनु भएको हो । जापानलाइ कर्मथलो बनाइ बिगत लामो समयदेखि विभिन्न सामाजिक र जातिय संस्थामा सक्रिय तमु ‘नेपाल तमु धिं जापान’ का पूर्व महासचिब समेत हुन् ।
योसंगै गुरुङ्गको अध्यक्षतामा ३६ जना कार्यसमितिको पनि चयन भएको छ । वरिष्ठ उपाध्यक्षमा बेद कार्की चयन भएका छन् भने उपाध्यक्षमा क्रमश: दीपक न्यौपाने, सूक के सी,मनोज अधिकारी, भुवन भुवन गिरी, अरमान गुरुङ र महिला बाट सारा श्रेष्ठ रहेका छन् । यस्तै महासिचबमा सागरमणी न्यौपाने, सचिबमा रमेश भण्डारी,समुंद्रराज पौड़ेल ,समुंद्रराज पौड़ेल रहेका छन् ।
कोशाध्यक्षमा हिर न्यौपाने र सह कोशाध्यक्षमा श्यामलाल गैरे रहेका छन । सदस्यहरुमा क्रमश:बालकृष्ण ढुंगना, विनय जंग के सी, कमल लमसाल, मिण भट्टराइ, नबीन ढकाल, रामू बस्याल,सुदीप पंगेनी, रमेश राज भट्टराई, केविन भट्टराई, चिरन पौड़ेल, सुमन पौड़ेल , कल्पना खड़का रोका, नारायण खित्र, ईश्वर बस्याल, ईश्वर थापा, विष्णु न्यौपाने,रमा राना, दीपक तिवारी, लक्ष्मण चापागाई, विमला खड़का, अजुर्न प्रसाद रेग्मी, गोबीन्द गुरुङ, पदम चापागाई रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासका राजदुत डा.दुर्गा बहादुर सुवेदी, विशिष्ठ अतिथीहरु ,बिशेष अतिथीहरु स्याङ्जा समाज ICC पदाधिकारीहरु, NRNA NCC पदाधिकारीहरु,क्षेत्रीय समिती नागोयाका अध्यक्ष मित्र शिग्देल, महासचिव मनोज ढुङगाना, बिभिन्न संघ सस्थाका प्रतिनिधीहरु, ब्यबसाही समाजसेबी , पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।