२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो: नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १२ औं स्थापना दिबस बिषेश  सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सहित मनाएको छ ।

सुचनाको हक प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारहरुको हितमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ पत्रकार महासंघ जापान शाखाले आफ्नो ११ औं स्थापना दिबश बिषेश  सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सहित मनाएको  हो ।

टोकियोको गोतान्डा स्थित माया नेपाली रेष्टुरेन्टमा सम्पन्न उक्त शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ जापान शाखाको स्थापना गरेर जापानमा रहेका नेपालीहरुमाझ सुचनाको हकको  सुनिस्चितता गर्न  महत्वपूर्ण भूमिका खेल्ने संस्थापक सदस्यहरु साथै अग्रजहरुलाई बिशेष सम्मान गरेको थियो ।

संस्थाका  अध्यक्ष शान्त पहारिको सभापतित्व र सचिब राजन गौतमको संचालन रहेको उक्त कार्यक्रममा  प्रमुख अतिथीको रूपमा जापानका लागी नेपालका राजदुत दुर्गा प्रसाद सुबेदी, विषेश  अतिथीहरूमा संस्थापक सल्लाहकार क्रमश भुषण घिमिरे, शरद शेरचन, बेलु थापा, संस्थापक सभापित तिलक मल्ल, उपसभापति कृष्ण भण्डारी, सचिब हिर पोखरल, सह सचिब कमल अधिकारि, कोषाध्यक्ष युबराज अधिकारि, सदस्यहरु क्रमश हिमाल भट्टराइ, केशरजंग केसी, बिनोध कुमार सापकोटा, किबिरण न्यौपाने, अनुपराज कँडेल, कुमार गुरुङ र अतिथिहरुमा  जापानमा अस्थित्वमा रहेको सबै राजनैतिक दलका प्रबाश संगठन प्रमुखहरु, सामाजिक तथा जातिय  सस्थाका प्रतिनिधिहरु, एनआरएनए आईसीसी जापानका प्रतिनिधिहरु, क्षेत्रीय संयोजक,एनआरएनए आईसीसीका प्रतिनिधिहरु साथै नेपाल पत्रकार महासंध जापान शाखाका निबर्तमान अध्यक्ष मोहन घले  अध्यक्ष,सल्लाहकार, विदेश  समन्वय बिभाग सदस्य राजिबन थापा, नेपाल पत्रकार महासंघ केन्द्रिय  पिरषद सदस्य मिनषा चम्लागाईँ  केन्द्रिय पिरषद सदस्य कुमार मोक्तान, सल्लाहकारहरु क्रमश पूर्ण चलाउने, दिनेश कुमार थपिलय लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशेष अतिथि लगायतले सयुक्त रुपमा पानसमा बत्ति बालि राष्ट्रिय धुनबाट सुरु भएको उक्त कार्यक्रम बर्तमान कार्यसमिति उपाध्यक्ष  ईन्दिरा खनालले स्वागत मन्तब्य राख्नु भएको थियो भने नेपाल पत्रकार महासंघ जापानलाई यस स्थानसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने संस्थापक सल्लाहकार  क्रमश  भूषण घिमिरे  शरद शेरचन, बेलुथापभूषण घिमिरे, शरद शेरचन, बेलुथापा,संस्थापक सभापति  तिलक मल्ल, उपसभापति  कृष्ण भण्डारी, सचिब  हरि पोखरेल, सह सचिब  कमल अधिकारी लगायतलाइ खादा र मायाको चिनो सहित सम्मान गरेको थियो ।

कार्यक्रमा जापानका लागि नेपालि राजदुत दुर्गा बहादुर सुबेदीले पत्रकार महासंघ जापानले आफ्नो   स्थापना कालदेखि  खेल्दै आएको महत्वपुर्ण भूमिका र हिजो जस्तै संस्थालाई जिबन्त र चलायमान राख्न बर्तमान अध्यक्षको  पनि उतिकै भूमिका रहने विश्वास ब्यक्त गर्नु भएको थियो । एक प्रशंगमा उहाले आफ्नो नेतृत्व कालमा जापानबासी नेपालिहरुको सेवा र सुबिधाको लागि  केहि कसर बाकि नराखेको र अझै धेरै गर्ने प्रयत्न रहेको बताउनु भएको थियो । “टेलिफोनको धेरै गुनाशाहरु छन्, त्यो पनि केहि समय भित्रै नेपालिहारुका लागि छुट्टै लाइन उपालब्ध गराउछु,  यो सार्बाजानिक रुपमै घोषणा गर्छु” उहाले भन्नु भयो । सबै नेपालिहरुलाई सम्मान व्यवहार, बिशेषता असक्त, असाहय, बृद्ध र बच्चाहरु भएकाहरुलाई प्राथमिकता दिदै आएको पनि उहाले बताउनु भयो ।

मन्तब्यकै क्रममा International BALARAM Attorney law डा. बलराम श्रेष्ठले नेपालि श्रमिकहरुको अधिकारको  लागि आफुले निरन्तर एक्लै लड्दै आइरहेको र नेपाल पत्रकार महासंघ जापान पनि आवाज उठाउनु पर्ने बताउनु भएको थियो । यसैगरि संस्थापक अध्यक्ष तिलक मल्ल, नविन चन्द अध्यक्ष प्रवासी नेपाली संगठन , संजिव चाम्लिङ राई  अध्यक्ष जनजाति महासंघ जापान, कालिका थापा, अध्यक्ष,गल्कोट समाज जापान,सोनाम शेर्पा अध्यक्ष,शेर्पासंघ जापान,राजन प्रधानाङ्ग ज्यू, संस्थापक अध्यक्ष,एनआरएनए जापान, बिजय थकाली अध्यक्ष  NBA गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एसिया प्याशिफिक उपसंयोजक ददिवल खड्का, लगाएतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

अन्त्यमा केक काटी  शुभकामना आदान प्रदान गर्नुका साथै मिठो चिया नास्ताका साथ कार्यक्रमको अन्त्य भएको बर्तान अध्यक्ष सान्त कुमार पहारीले घोषणा गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।