२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएपछि विरोधमा मंगलबार बेलुका ५ बजे प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए ।

अखिल क्रान्तिकारीको केन्द्रीय आयोजनामा माइतीघरमा बेलुका ५ बजे प्रदर्शन गरिने एमसीले बताए । जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउने पर्ने विषयलाई सर्वोच्चमा लग्नु गलत भएको क्रान्तिकारीको ठहर छ ।

फेसबुक प्रतिक्रियाहरु