२०८२ बैशाख ४, बिहिबार
  • Pramesh Tamu २ वर्ष अगाडि

एमालेका एक हुल प्रभाबसाली नेताहरु राष्ट्रपतिको निर्बाचनमा एमाले उमेद्वार शुबाश चन्द्र नेम्बाङ्लाइ भोट माग्न एकिकृत समाजबादिका पार्टी कार्यालयमा पुगेर माधब नेपाललाई भेट घरेका छन् ।

एमालेका उपाध्यक्षसमेत रहेका नेम्बाङ्ले  राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गरेका छन । उनीसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, रघुवीर महासेठ र विमला राई पौड्याल  उपस्थिति रहेको थियो।

नेकपा (एकीकृत समाजवादी) बाट भने अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा  छलफलमा सहभागी थिए।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेमदवार बनेका रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिको लागि सहयोग माग्न तीव्र भेटघाटमा छन्।

भेटमा  दुई पार्टीबीचको एकताको अभियानलाई अघि बढाउने कुरामा पनि सहमति भएको र  दुई पार्टीबीच पार्टी एकताको अभियानको शुभारम्भ भएको समेत  बताए।

फेसबुक प्रतिक्रियाहरु