२०८१ जेष्ठ १, मङ्लबार
  • Pramesh Tamu १ वर्ष अगाडि

विराटनगर: सत्तारुढ दल नेकपा एमाले र नेकपा माओबादी केन्द्रले   प्रदेश १ को भागबण्डा टुंग्याएको छ ।

जसानुसार मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ भने सभामुख नेकपा माओबादिले लिने भएको छ ।  शीर्ष नेताहरुबीच शनिबार साँझ भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो ।

बाँकी प्रदेशको भागवण्डा भने टुंगो लाग्न बाँकी रहेको छ । आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागवण्डा टुंग्याउने नेताहरुले बताएको छ ।

प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म तोकिएको छ । जसअनुसार एमाले संसदीय दलका नेतामा  हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार आइतबार ४ बजे दाबी पेश गर्ने तयारी छ । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा गरी ६० सांसदको समर्थनमा उनले दाबी पेश गर्नेछन् ।

९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । एमाले एक्लैको ४० सिट छ भने माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सिट छ ।

प्रदेश १ मा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ प्रदेशसभा सदस्य छन् ।

फेसबुक प्रतिक्रियाहरु