टोकियो: तमु धीं जापानद्वारा आयोजना हुन गइरहेको ल्होसार साँस्कृतिक साझ कार्यक्रमको लागि नेपालबाट आमत्रिक गाएक दुर्गा बहादुर गुरुङ र प्रथम वाई वाई नेपाल स्टार बिजेता एलिना गुरुङ्ग जापान आइपुग्नु भएको छ ।
नेपाल बायु सेवा निगमबाट आज बिहान ९ बजे उहाहरु जापानको नारिता एयरपोर्टमा अवतरण हुनु भएको हो । उहाहरुलाई तमु धीं जापानका अध्यक्ष रमेश कुमार तमु, उपाध्य्क्ष तथा कार्यक्रम संयोजक शोम माया तमुस्यो, उपाध्यक्ष चित्र गुरुङ, उपाध्यक्ष जिबन गुरुङ, सल्लाहकार अमर गुरुङ, सचिब बिनय गुरुङ, कार्यक्रम उप-सयोजक तथा तमु धीं जापानका सदस्य टेकन गुरुङ्ग लगाएतले भब्य स्वागत गर्नु भएको थियो ।
हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि ल्होसार मनाउदै आएको तमु धीं जापानले यसपाली पनि यहि जनवरी २ तारिक इकेगामी खाईकान हलमा विभिन्न कार्यक्रमको आयोजना गरि ल्होसार मनाउदै छ । कार्यक्रम दिनको ठिक ३ बजेबाट शुरु भइ ८ बजे समाप्त हुने कार्यक्रम संयोजक शोम माया तमुश्योले जानकारी दिनु भयो ।