२०८१ माघ ९, बुधबार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो: तमुहरुको महान साँस्कृतिक पर्ब ल्होशार  कार्यक्रमको भब्य तयारि गरिरहेको तमु धीं जापानले हालै २८ औं ल्होशार साँस्कृतिक साँझ कार्यक्रमको पोस्टर सार्बाजानिक गरेको छ ।

योकोहामास्थित मण्डला रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गर्दै  तमु धीं जापान पधाधिकारिहरुले २८ औं  ल्होशार साँस्कृतिक साँझ कार्यक्रमको पोस्टर सार्बाजानिक गरेको हो ।

पोष्टर सार्बाजानिक गर्दै कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको तमु धीं जापानका  उपाध्यक्ष एवं कार्यक्रम संयोजक सोममाया तमुले जानकारी दिनुभयो । बाघ वर्गको विदाई र विरालो वर्गको स्वागतमा मनाईने उक्त ल्होसार तमु धीं जापानले २ जनवरी २०२३ सोमवारका दिन दिउसो ३ बजेबाट  ७ बजे सम्म ईकेगामी काईकान हलमा मनाउदै छ ।

ल्होशार कार्यक्रमलाई आकर्षक र  मनोरन्जनात्मक बनाउन धीं ले नेपालबाट प्रथम वाई-वाई नेपाल स्टार एलिना गुरुङ र कौडा गायक दुर्गा बहादुर गुरुङलाई जापान निमन्त्रण गरेको छ । साथमा जापानमा रहेका स्थानिय कलाकाहरुले विभिन्न झाँकी  तथा तमु साँस्कृति झल्काउने नृत्यहरु प्रस्तुत गरि मनोरंजन दिलाउने तमु धीं जापानका उपाध्यक्ष चित्र तमुले बताउनु भयो ।

 “हरेक वर्ष  रोंधि र ल्होसार जस्ता  तमुहरुको महत्वपुर्ण चाड मनाउदै आउनुको  एकमात्र मक्सद गुरुङ जातिको संस्कार र संस्कृतिलाई जिबन्त राख्दै  दोश्रो पुस्तासम्म पुर्याउनु नै हो”, तमु धीं जापानका अध्यक्ष रमेश कुमार तमुका बताउनु हुन्छ । ल्होसार साँस्कृतिक साँझ भब्य, सभ्य र ब्याबस्थित हुने भन्दै  कार्यक्रममा सबैले विदा मिलाई उपस्थित भईदिन समेत आयोजक तमु धींले  जापानवासी सबै तमु एवं गैर तमु नेपालीहरुमा निमत्रणा गरेको छ ।

संबन्धित समचार 

फेसबुक प्रतिक्रियाहरु