डोटी । एकीकृत समाजबादीका पुर्ब भाइरल मन्त्री प्रेम आले डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएका छन् । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।
राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरे ।
कुल १ लाख २४ हजार ८७० मतदाता रहेकामा ६३ हजार ५५२ मत खसेको थियो, जसमध्ये ४ हजार ९६९ मत बदर भए ।