२०८१ बैशाख २५, मङ्लबार
  • Namaste Khabar २ वर्ष अगाडि

चितवन: केही दिन अगाडी माओबादी पार्टी त्यागेर  नेकपा (एमाले)मा प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का दुई नेता पुनः माओवादीमै फर्किएका छन् ।

माडीका तत्कालीन बागमती प्रदेश सदस्य गिरीधारी सुवेदी र माडी–७ का उपाध्यक्ष सुरेश थापा आज पुनः माओवादी केन्द्रमा फर्किका हुन् । उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवासमा स्वागत गरेका छन । यसअघि पनि एमाले प्रवेश गरेका माडीका अर्का माओवादी नेता सोमबहादुर वि.क. एक सातामै माओवादी केन्द्रमै फर्किएका थिए ।

माओवादी केन्द्र चितवनका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहितका नेताहरु एमालेमा प्रवेश गरेपछि चितवनमा एमालेले पार्टी प्रवेश कार्यक्रम गर्दै माओवादी नेताहरुलाई पार्टीमा स्वागत गर्दैआइरहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु