२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौँ:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजिनामा दिएका छन् । उहाले पार्टी  अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् ।

शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठकमा पनि केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिडेको जानकारी दिएका थिए । जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु