२०८१ माघ ९, बुधबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

चितवनः  चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले ७ हजार भन्दा बढी मतको अग्रता लिएकी छन ।

८९ हजार ७७५ मत गणना हुँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले  ३५ हजार २३० मत प्राप्त गरेको छ भने उहाको प्रतिद्वान्दी नेकपा एमालेको उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७ हजार ४६५ छ । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने ११ हजार ८५२ मत पाएका छन् ।

मतगणनाको सुरुवाती चरणमा रेनु र विजयबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिए पनि अहिले रेनुको अग्रता फराकिलो भइसकेको छ ।

भरतपुरमा सत्ता गठबन्धनका दलहरु तालमेल गरेर चुनाव लडेका छन भने यहा नेकपा एमाले र राप्रपाको तालमेल रहेको छ ।

सत्ता गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि फराकिलो मत अन्तरले अगाडि छन् । उनले राप्रपाकी उपप्रमुख उम्मेदवार हिमला गुरुङलाई १५ हजारभन्दा बढी मत अन्तरले पछाडि पारेका छन् । बिहान ७ बजेसम्मको परिणाम अनुसार चित्रसेनले ३७ हजार ३२६ र हिमलाले २१ हजार ९०० मत पाएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु