२०८१ पुस ८, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । मंगलबार रातिसम्म २३ हजार ६८५ मत गणना हुँदा उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भन्दा ८४८ मत बढी ल्याएकी छन् ।

दाहालले आठ हजार ३१६ मत पाउँदा सुवेदीले सात हजार ४६८ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ अधिकारीले तीन हजार ८७६ मत पाएका छन् ।

चितवनमा दाहाललाई नेपाली कांग्रेससहित सत्तारुढ दलको पनि समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङले भन्दा तीन हजार ८२८ मत बढी ल्याएका छन् । अधिकारीले नौ हजार ९८४ ल्याएका छन् भने गुरुङले  ६ हजार १५६ मत पाएकी छन्

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।