२०८२ बैशाख १४, आइतवार
  • Pramesh Tamu २३ बैशाख २०७९, शुक्रबार

टोकियो: विभिन्न पेशा ब्यबसाय गरी  टोकियोमा बसोबास गर्दै आइरहेको  किराँत राइ यायोक्खा जापानले आफ्नो मौलिक महान  पर्व उभौली (साकेला ) भब्य रुपमा मनाउने भएको छ ।

जापानको खानागावा केन स्थित सिनमारुको स्टेसन नजिक रहेको खामीमारुको हाचीमान्चो पार्कमा यहि  मे २२,२०२२ आइतबारको दिन मनाउने निधो भएको  किरात राइ यायोक्खा जापानका सचिब रजन्ति साम्पाङ राइले जानकारी दिनु भयो ।

उभौली (साकेला ) पर्ब  किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उभौली पर्वमा विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ । यो पर्ब बिशेष  गरि किराँत राईको बसोबास रहेको पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापालगायत काठमाडौं,ललितपुर किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाइञ्छ  ।

यसको अलावा यो चाड नेपाल बाहिर भारतको सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामा समेत मनाउने गरिन्छ । यसै  संदर्बमा  किरात राई यायोक्खा, जापानले पनि  एक कार्यक्रमको  आयोजनामा गरि  भव्य रुपमा  साकेला सिली उभौली  मनाउने निधो गर्दै   जापानमा अस्थित्वमा रहेको सबै राजनीतिक, बैचारिक, सामाजिक तथा जातिय संघ संस्था साथै सबै नेपालि जनसमुदायहरुलाई  निमत्रणा समेत गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु