२०८१ माघ ९, बुधबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

नेपाल आदिबासी जनजाति महासंघ बहराइनको  अध्यक्षमा नरेन्द्र घले (तमु) सर्बसम्मतिले चयन भएको छ ।

नेपाली क्लब बहराइनको सभा हलमा सम्पन्न  तेस्रो अधिवेशनले  घलेलाई अध्यक्ष पदमा सर्बसम्मतिले चयन गरेको हो । विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहदै आउनु भएको घले ‘तमु समाज बहराइन’ का पूर्व अध्यक्ष समेत हुन् ।

अधिबेशनमा बहराइनका लागि नेपालका राजदुत स-परिवार, सबै जातीय संगठनहरु, सामाजीक संघ सस्थाका प्रतिनिधिहरु, कलाकारहरु, पत्रकारहरुको समेत  उपस्थित रहेको थियो । कार्यक्रम,  सभापति तथा निवर्तमान अध्यक्ष श्री वीरेन्द्र कुमार तुम्बापोले गर्नु भएको थियो भने प्रमुख अतिथिमा – नेपाली राजदुतावास बहराईनका कार्यबाहक राजदूत अरूणा घिसिङ्ग,बिशेष अतिथि- नेपाली क्लब बहराईनका अध्यक्ष  कमल श्रेष्ठ, बिशेष अतिथि- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, बहराईनका अध्यक्ष लक्ष्मी गिरी, बिशेष अतिथि- निर्वाचन समितिका संयोजक लाल पुन रहेको थियो ।

त्यसैगरी अतिथिहरुमा जनजाति महासंघ बहराईनका भाइ संस्थाहरुका प्रमुख  नेपाल मगर संघ बहराईनका अध्यक्ष  जित घर्ती मगर, तमु समाज बहराईनका अध्यक्ष श्री शंकर मान गुरुङ, नेपाल तामाङ घेदुङ बहराईनका कार्यबाहक अध्यक्ष श्री पेमा लामा, किराँत राई यायोख्खा बहराईनका अध्यक्ष धन  कुमार राई, किराँत याक्थुङ चुम्लुङ बहराईनका अध्यक्ष, सोमराज कन्दवाको उपस्थिति रहेको थियो ।

आफुलाई बिस्वाश गरि कार्यभार सुम्पिएकोमा सबैलाई आभार प्रकट गर्दै घलेले आफु इमान्दार भइ  आदिवासीका पहिचान, भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, भेष-भूषाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्दै बहराईनमा स्थापित सम्पूर्ण संघ-संस्था तथा संगठनहरू बिच आर्थिक, भौतिक, नैतिक सहकार्य र हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

आफ्नो बलबुता बिबेकले भ्याय जाने बुझे सम्म हरेक तबरले सस्थाको उन्नतिको लागि सदैब निरन्तर लागि पर्ने भन्दै उहाले  कुनैपनी जातीय संस्था प्रति भेदभाव नगरी सामाजिक कार्यमा इमान्दारीका साथ जुट्ने प्रतिवद्धता समेत व्यक्त समेत गरे ।

फेसबुक प्रतिक्रियाहरु