२०८१ माघ ११, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं: पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर, समय नभएको भन्दै आजै पारित गर्ने निर्णय गरिएको उनले बताए । नेता पौडेलले थपे, ‘एमसीसी आजै पारित हुन्छ ।’

सत्ता गठबन्धनको बैठकअघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।

पाँच दलीय सत्ता गठबन्धनले एमसीसी पास हुँदै गर्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि साथ दिने विश्वास व्यक्त गरेको छ ।

‘सत्तारुढ गठबन्धन सहमत भइसकेको अवस्थामा एमाले पनि पक्षमा उभिने गठबन्धनको विश्वास छ । किनभने उहाँहरुले नै एमसीसी संसदमा लगेको हो र उहाँहरुको प्रस्ताव नै अगाडि बढाउन लागेको हो,’

एमसीसीका पक्षमा मत प्रकट नगरे एमालेमाथि नैतिक प्रश्न उठ्ने पौडेलको भनाइ छ । ‘राजनीति दलसँग राजनीतिक नैतिकता हुनुपर्छ । त्यो नैतिकता छ कि छैन भन्ने परीक्षण पनि हुन्छ अब एमालेको,’ नेता पौडेलले भने ।

फेसबुक प्रतिक्रियाहरु