२०८१ माघ ११, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

स्थानीय तह निर्वाचनको मिति सार्वजनिक भएको भोलिपल्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीको जुम्ला कमिटी माओवादी केन्द्रमा समाहित भएको छ । जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’ नेतृत्वको पार्टी कमिटीलाई मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित एक कार्यक्रमबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

१० बर्से जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्न क्रान्तिमा होमिएका सबै दल एक ठाउँमा हुनुको विकल्प नभएको प्रचण्डले बताएका छन्  । ‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन् । हामी यति ठूलो परिवर्तनका बहाकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ’, अध्यक्ष प्रचण्डले थपे, ‘जनतासँग जोडिएर माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं ।’

पार्टीको जिल्ला कमिटी नै माओवादीमा विलय गराएका नेताहरूको जिम्मेवारी भने तोकिन बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु