सरकारले तमुहरूको महान चाड तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले तमु ल्होसारमा सार्बाजानिक बिदा दिने निर्णय गरेको हो । नेपाल सरकारले तमु ल्होसार लगाएत आदिबासी जनजातिको चाडपर्बहरूमा सार्बाजानिक बिदा दिदै आएको भएपनी केपी ओली सरकारको पालामा सबै बिदा कटौती गरिएको थियो ।
साथै बैठकले हिमाली जिल्लामा हिमपातबाट प्रभावित पीडितहरुलाई राहत दिने निर्णय समेत गरेको छ ।