काठमाडौं : नेकपा माओवादी केन्द्रको जारि बन्दसत्रमा प्रतिनिधिहरुले प्रचण्ड युगको घोषणा गर्न प्रस्ताव आघि सारेको छ ।
अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा बागमती प्रदेशका टोली नेता सरल सहयात्रीले प्रचण्ड विचार र प्रचण्ड युग घोषणाको प्रस्ताव राखेका हुन् ।
पार्टीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले दर्शन, राजनीति, अर्थशास्त्र सबैमा अघि सारेको विचारलाई प्रचण्ड विचार भन्नुपर्ने र प्रचण्ड युगको घोषणा गर्नुपर्ने उनले बताएका हुन् ।