२०८१ माघ ९, बुधबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

टोकियो: तमु धिं जापानले  २७ औं  ल्होसार साँस्कृतिक साँझ यही आउदो २ जनवरी २०२२ आइतबारको दिन  बिबिध साँस्कृतिक कार्यक्रम सहित मनाउने  भएको छ । 

गत हप्ता सम्पन तमु धिं जापानको पुर्ण कार्य समितीको बैठकले ल्होसार  साँस्कृतिक साँझ आउदो २ जनवरी २०२२ आइतबारको दिन कामता स्थित चौतारो  रेष्टुरेन्टमा मनाउने  निर्णय गरेको हो । 

बिबेशी भूमिमा रहेर पनि आफ्नो धर्म संकृतिलाई जिबन्त राख्दै आइरहेको तमु धिं जापानले हरेक बर्ष ल्होसार, रोंधि जस्ता तमुहरूको मौलिक  चाड  बिबिध साँस्कृतिक कार्यक्रम सहित  मनाउदै आइरहेको छ ।  कोभिड १९ को महामारिका कारण गत साल सम्पन्न हुन नसकेको ल्होसार तथा साँस्कृतिक कार्यक्रम यासपालि भने प्राय जसो नगारिक हरुले खोप लगाइसकेको र  माहामारिको स्थितीमा केही सुधार आएकोले तमु धिं जापानले ल्होसार बिबिध साँस्कृतिक कार्यक्रम सहित मनाउने निर्णय गरेको हो ।

गाइ बर्गको विदाइ र बाघ  बर्गको स्वागत गरेर सम्पन्न हुने ल्होसार कार्यक्रममा स्थानिय तमु कलाकरहरुले भरपुर मनोरंजन दिने छ ।  कार्यक्रम सभ्य र भब्य बनाउन  धिंले  एक ओर्क फोर्स  कार्यसमिति समेत बनाएको छ । जसको संयोजकमा सोममाया तमु र सह संयोजकमा  श्री मान तमु  रहनु भएको छ । भोलिन्टियरको जिम्मा खेलकुद संयोजक लिल तमु र युवा संयोजक पदम तमुले पाउनु भएको छ । 

त्यस्तै  पम्प्लेट, व्याचहरु, टिकेट, चित्र तमु, अतिथि सत्कार: विष्णु माया, हिमाली तमु, अतिथि सत्कार गेटमा~ अनिला, विरु, मिथुन, टम तमु,  सुमन तमु , अतिथि हेरचाह याम तमु र हर्क तमुले गर्नेछन । त्यस्तै कार्यक्रमको संचालन चित्र तमु र उद्घोषण पुनम र अरमान तमुले  सयुक्त रुपमा गर्नेछन ।  स्टेज सजावटको जिम्मा प्रवक्ता बुद्द तमुको संयोजकत्वमा हुनेछन ।

साथै तमु धिं जापानले साधारण तथा आजिवन सदस्य धेरै भन्दा धेरै संस्थामा आबद्ध गर्नको  लागि हेल्प डेक्सको समेत ब्याबस्था गरेको छ । जसको  लागि विनय गुरुङको संयोजकत्वमा हेल्प डेस्क अभियान संचालन हुनेछन । 

 

फेसबुक प्रतिक्रियाहरु