नेकपा माओबादी केन्द्रको संगठित सदस्य संख्या शुक्रबारसम्म सात लाख ३५ हजार नाघेको छ । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिएका छन् ।
‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न बाँकी छ’, उनले भने । खकुरेलका अनुसार सदस्यता लिने म्याद शनिबारसम्म बाँकी रहेकाले संख्या थपिने अनुमान केन्द्रिय कार्यालयले लिएको छ ।