२०८२ बैशाख ७, आइतवार
  • Pramesh Tamu २३ कार्तिक २०७८, मंगलवार

काठमाडौं: प्रमुख पतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफुहरुले अत्यधिक मत ल्याउने दाबी गरेका छन् ।

मोरङ जिल्ला कमिटीद्वारा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले एमालेले जनताको मनमा बस्ने गरी विकास निर्माणको काम गरेका कारण आगामी निर्वाचनमा अत्याधिक मतले पार्टी विजयी हुने दाबि गरेका हुन् ।

कार्यक्रममा सङ्घीय पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, प्रदेशसभाका सदस्य, पार्टी जिल्लास्तरीय कार्यकर्ता एवं सर्वसाधारण नागरिकको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रियाहरु