२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ३ वर्ष अगाडि

जनता समाजवादी पार्टीका नगर तथा  क्षेत्रीय अध्यक्षसहित दर्जनौ कार्यकर्ता जनता समाजबादी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

रौतहटस्थित क्षेत्र ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसिया, कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारसहित नेता कार्यकर्ता नेकपा  माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उहाहरु अध्यक्ष  प्रचण्ड निवासमा पुगेर  माओवादीमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई  अध्यक्ष  प्रचण्डले टीका र माला लगाएर  स्वागत गरेका थिए  ।

जसपाले मधेसको विकास र मधेसीको सम्मान तथा पहिचान कायम गराउन नसक्ने भन्दै जसपाका वडा उम्मेदवार शंकर साह सोनार, भिखारी साह, फेंकु यादव, मजरुलहक लगायतका नेताहरू  माओवादीमा प्रवेश गरेको  बताएको छ  । क्षेत्रीय अध्यक्ष रामाकान्त चौरसिया द्वन्द्वकालमा रौतहट क्षेत्र ३ स्थित माओवादीको  एरिया कमान्डर रहेर लामो समय काम गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु