२०८१ माघ १७, बिहिबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं:  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड क्रान्तिकारी माओबादिका महासचिब मोहन बैध्यलाइ भेट्न  नर्भिक अस्पताल पुगेका छन् । बैध्य दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत छन् । बैद्य प्रचण्डका  राजनीतिक गुरु समेत हुन ।

नर्भिक पुगेर प्रचण्डले  वैद्यसँग स्वास्थ्य अवस्थाको बारेमा  जानकारी लिएका छन् । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए ।

वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु