hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ५ वर्ष अगाडि

ओखलढुंगा : नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा हंशराज वाग्ले चयन भएका छन्। जिल्ला भेलाबाट वाग्ले अध्यक्ष चयन भएका हुन्। उनी यस अघि नेकपा कालीन १ नं. प्रदेश कमिटीमा सदस्य तथा युवा तथा खेलकुद फाँटका सह इन्चार्ज थिए।

नेकपाको समानान्तर कमिटीका अध्यक्ष नेत्र भट्टराई केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चयन भएपछि कमिटी पुनःगठन गरिएको हो। भट्टराईले ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गर्दै पदाधिकारी तथा सदस्यहरुको सपथ गराएका थिए।

जिल्ला समन्वय समितिको हलमा भएको कमिटी घोषणा तथा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली काँग्रेस परित्याग गरी ५१ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। नेकपा एमालेका सचिवालय सदस्य रहेका पुराना कम्युनिष्ट नेता रामकुमार सुवेदी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य प्रविण श्रेष्ठ, फत्त बोगटी एकीकृत समाजवादीको कमिटीमा समावेश भएका छन्। त्यस्तै एमालेबाट तेजेन्द्र श्रेष्ठ र अनिता मगर समाजवादीको जिल्ला कमिटीमा आएका छन्।

उनीहरुलाई इन्चार्ज नेत्र भट्टराईले जिल्ला कमिटीको जिम्मेवारीमा तोकिएको बताए। यीमध्ये रामकुमार सुवेदी उपसचिव चयन भएका हुन्।
जिल्ला कमिटीका अन्य पदाधिकारीमा उपाध्यक्षहरु मेखबहादुर खड्का, माबर सुनुवार र निर्मला श्रेष्ठ चयन भएका छन्। सचिव नरेन्द्रकुमार श्रेष्ठ, उपसचिवहरु रामकुमार सुवेदी, कमल खड्का, दिपक फुयाल, सञ्जीप गुरुङ र अनिता गिरी छन्।

भेलाबाट २५ सदस्यीय सचिवालय, सल्लाहकार समिति ९ सदस्यीय चयन गरिएको उप सचिव दिपक फुयलले जानकारी दिए। सल्लाहकार समितिको संयोजकमा एकराज खतिवडा छन्। जिल्ला कमिटी बैठकले युवा संघको पदाधिकारीलाई पूर्णता दिएको छ। यस अघि जिल्ला कमिटी घोषणा भएको थियो।

फेसबुक प्रतिक्रियाहरु