काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्डको बैंकक जाने भएका छन्।
पूर्व उर्जामन्त्री पुन लामो समयदेखि जण्डिसबाट ग्रसित छन्। चार वर्ष पहिले बैंककमा उपचार गराएका पुन केहि दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारत छन् । त्यहाँ निको नभएपछि थप उपचारका लागि उनी बैंकक जान लागेका हुन्।
सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई भेटेर थप उपचारका लागि बैकक लान सुझाव दिएका थिए।