काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने प्रक्रिया सुरु भइसकेको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा केही बेर अघिसकिएको स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले बताएका हुन्।
अध्यादेश फिर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तारको प्रक्रिय अघि बढ्ने प्रचण्डले बताए । उनले भने, ‘संभवत: आजै संसदमा अध्यादेश फिर्ता लिने पक्रिया सुरु हुन्छ। मन्त्रिपरिषदले पनि छिट्टै पूर्णता पाउनेछ।’





