२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

प्रधानमन्त्री शेर बहादुर देउबाले राजनीति दल संबन्धि  अध्यादेश खारेज गर्न मन्त्रि परिषदको बैठक बोलाएको छ ।

जारि राजनीति दल संबन्धि अध्यादेश खारेज नभएसम्म मन्त्रि परिषद बिस्तार गर्न नहुने जनता समाजबादी दलको अडानको कारण लामो समय सम्म पनि मन्त्रि परिषद बिस्तार हुन सकेको छैन ।

मन्त्रि परिषद बिस्तार हुन् नसक्दा चौतर्फी आलोचना हुदै आइरहेको छ । सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा सोमबार बिहान ब्रिफिङ गरेका छन् ।

मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ ।  मन्त्रिपरिषद बैठक लगत्तै  सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डामा छलफल हुने छ ।

 

फेसबुक प्रतिक्रियाहरु