२०८१ माघ १८, शुक्रबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

नेकपा माओबादी केन्द्रको अध्यक्ष प्रचण्डले टोपबहादुर रायमाझी र रामबहादुर थापा बादलको नाम लिँदै जसलाई धेरै ठुलो मन्त्री बनाएँ, त्यहीँ सबैभन्दा ठुलो भगौडा भएको बताएको छ ।

प्रचण्डले  भने ‘बिग्रेका भनेका टाठा बाठा र चुनाव जितेका धेरै छन् । मैले जसलाई धेरै ठुलो मन्त्री बनाएँ, त्यहीँ सबैभन्दा ठुलो भगौडा । त्यही धोखेवाज । मन्त्री बनाएपछि ठिक हुन्छ जस्तो ठानियो तर केको हुन्थ्यो ?’

प्रचण्डले भने ‘त्यो टोपबहादुर भन्नेलाई मैले कति चोटी मन्त्री बनाएँ अहिले त कहाँ हेर्नुस् त । त्यो बादल मेरो हिजोको साथी, बढि त भन्दिन अहिले तर एलर्जी हुन्छ, सम्झिँदा पनि कहाँबाट ल्याएर गृहमन्त्रीसहित सरकारको तपाई नेतृत्व गर्नुस् भनेर बनाएको त..?’

फेसबुक प्रतिक्रियाहरु