२०८१ फाल्गुन ११, आइतवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

विराटनगर: नेकपा एकीकृत समाजवादी पार्टी  प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्रकुमार राई चयन भएको छ । एकीकृत समाजवादीको शनिबार विराटनगरमा बसेको बैठकले राइलाइ संसदीय दलको नेतामा चयन गरेको हो ।

राइ तत्कालिन नेकपा एमालेको  केन्द्रीय सदस्य तथा भोजपुरको निर्वाचन क्षेत्र १(क) बाट निर्वाचित प्रदेश सांसद हुन् । प्रदेश एकमा नेकपा एकीकृत समजबादिको १० संसद रहेकोछ । योसंगै प्रदेश एकको सत्ता समीकरण पनि चेञ्ज हुने देखिएको छ ।

एकीकृत समाजवादीका प्रदेश सांसदका अनुसार  अब चाँडै गठबन्धनको सरकार गठन प्रक्रिया सुरु गर्ने छ  । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनको सरकार बनाउने गठबन्धनको तयारि छ ।

फेसबुक प्रतिक्रियाहरु