२०८१ माघ १०, बिहिबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

सत्तारुढ गठबन्धन दलको  मन्त्रालयको भागबण्डा मिलेको  तर, मन्त्रिपरिषद् विस्तार भने भदौ १३ पछि घकेलिएको छ ।

सत्तारुढ गठबन्धनमा सम्वद्ध  दल जसपाको कारण मन्त्रि  बिस्तार भदै १३ सम्म धकेलिएको बताइएको छ  । एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई समेत  सरकारमा जाने बाटो खुलेको छ ।

गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ ।

२५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमति अनुसार काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने अवस्था छ । यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको स्रोतले बताएको छ ।

माधव नेपाल समूहले नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुने भएपछि विगतमा काँग्रेस, माओवादी र जसपाबीच भएको भागबण्डामा हेरफेर भएको हो  ।

 

फेसबुक प्रतिक्रियाहरु