नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओलीलाई अध्यक्ष मान्न नसकिने भन्दै राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेको हो ।
नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय गरेको बताएको छ । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले भने, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक दुई दिनभित्रै हुन्छ ।’ उहाको भनाइ थियो ।
गौतमले यस अघि नै माधब नेपालको पार्टीमा दुइ हजार कार्यकर्ता सहित प्रवेश गर्ने बताई सकेको छ ।