काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको आरोप लगाएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै परेको निवेदनका विषयमा बुझ्न अन्य नेतासहित निर्वाचन आयोगमा पुगेका नेता रायमाझीले माओवादी केन्द्र संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत शैलीमा चलेको आरोप लगाएका हुन् ।
जबकी टोप बहादुर राइमाझि लगाएत एमाले प्रवेश गरेका पूर्व माओबादीहरु नेताहरु माओबादीकै चुनाब चिन्ह र ब्यानरबाट चुनाब जितेका नेताहरु हुन् । एमाले प्रवेश गरेपछि कारबाहीमा परेका नेताहरु अहिले माओबादी अबैधानिक भन्दै खारेज गरिपाउ भन्दै निर्बाचन आयोगमा पुगेका छन् । माओबादि पार्टीनै अबैधानिक भन्ने नेताहरु अफुचाहि बैधानिक भएको र कारबाही गलत भएको भन्दै हिडेका छन् ।
‘माओवादी केन्द्र नेपालको संविधान, कानून र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भुमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ,’ एमाले केन्द्रिय सदस्य राइमाझिले भने ।
नेता रायमाझीसँगै माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु साह लगायत निर्वाचन आयोगमा पुगेका थिए । माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।