काठमाडौं: नेकपा एमाले बिबाद समाधानतिर अन्मुख रहेको र आजै ओली नेपालले सयुक्त बिज्ञप्ति जारि गर्ने एमाले स्रोतले जनाएको छ ।
अहिले सहमतिको लागि दुवै पक्ष अन्तरिक छलफलमा जुटेको छ ।साँझ सात बजे बस्ने बैठकबाटै एकतालाई मूर्त सन्देश दिने भएको छ ।
सोमबार देखि सक्रिय कार्यदलको लगातार बैठक बसिरहेको छ । कार्यदलको बैठककै बीच बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान अन वान’ सम्वाद भएको थियो । तर दुवैले अडान छोडेनन् ।
ओली र नेपालबीच सहमति जुट्न नसकेपनि कार्यदलका सदस्यहरु एकता जोगाउन सक्रिय छन् । ओली र नेपाल भेटवार्ता सकिए लगत्तै कार्यदलका सदस्यहरु सक्रिय छन् । उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बुधबार राति अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।