काठमाडौं: माओबादि परित्याग गरि नेकपा एमाले प्रवेश गरेका पूर्व माओबादी नेताहरु आफु न-माओबादी न-एमाले भएपछी आन्तरिक छलफलमा जुटेका छन् ।
सांसद र मन्त्री दुवै पदबाट मुक्त भएका उनीहरु एमालेको अन्तरिक बिबादका कारण आफ्नो भबिस्य अन्योलमा परेपछि अब कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्नको लागि राजधानीको कुनै एक होटलमा छलफलमा जुटेका छन् ।
छलफलमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायत सहभागी छन् । एमालेभित्रको आन्तरिक समस्याका कारण पूर्व माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकाहरुलाई झनै अप्ठ्यारो भएको छ । माओवादीले दल त्यागेको भन्दै यसअघि नै उनीहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिसकेको छ ।