२०८१ फाल्गुन ११, आइतवार
  • Namaste Khabar ४ वर्ष अगाडि

लुम्बिनी प्रदेश राष्ट्रिय सभाको  रिक्त  पदमा भएको  उपनिर्वाचनमा एमालेको उमेद्वार चन्द्र बहादुर खड्कालाई हराउदै काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।

पाण्डेलाई नेकपा माओबादि केन्द्र, नेपालि कांग्रेश, जनता समाजबादी पार्टीको समर्थन रहेको थियो । जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४  मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ ।

यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गरेका थिए । यससँगै उप निर्वाचनबाट एमालेलाई नराम्ररी झट्का लागेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु