२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदान  सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना सुरु गर्ने योजना छ । मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु