काठमाडौं: राष्टपतिद्वारा नयाँ सरकारको लागि दिएको समय सिमा छोटिदै जादा प्रधानमन्त्री ओलीले सत्ता टिकाउन माधब नेपाल पक्षतिर नयाँ कार्ड फालेको छ । आफुलाई अविस्वासको मत दिने नेताहरुलाई कारबाही गर्नुको सट्टा ओलीले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ ।
बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।
पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिएका छन् । त्यस्तै बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।