२०८१ पुस १०, बुधबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको बहिगर्मनका लागि एकजुट भएर अगाडि बढ्ने सहमति गरेका छन् ।

हात्तिवनस्थित जसपा नेपालका अध्यक्ष यादवको निवासमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीको विश्वासको मतलाई एकजुट भएर असफल पार्ने सहमत उनीहरु सहमत भएका हुन् । जसपा नेपालबाट सहमति नभई फ्लोर क्रश गर्ने स्थिति बनेमा माधब नेपाल पक्षबाट २० जनाभन्दा बढी सांसद त्यसको विरुद्धमा उभिने निर्णय भएको  स्रोतले जनाएको छ ।

अध्यक्ष यादवले एमालेका नेता माधवकुमार नेपालसँग भनेका थिए, ‘प्रधानमन्त्री ओलीलाई संसदमा सफल पार्ने या असफल पार्ने मुख्य शक्ति तपाईंसँग छ, उहाँले लिन लागेको विश्वासको मतलाई कसरी असफल बनाउने मुख्य जिम्मेवारी तपाईहरुसँग छ ।’

त्यसको जवाफमा एमाले नेता माधव नेपालले आफूहरु कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्दैनौं, त्यसमा ढुक्क रहन भनेको स्रोतले जनाएको छ । काँग्रेस, माओवादी केन्द्र, एमाले (माधव समूह) र जसपा नेपाल एक ढिक्का भए मात्र प्रधानमन्त्री ओलीलाई संसदमा असफल पार्न सकिने धारणा अध्यक्ष प्रचण्डको थियो । असफल पार्नका लागि एमालेको माधव नेपाल समूह जातिकै जसपा नेपालको पनि भूमिका रहने प्रचण्डको भनाइ रहेको स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।