२०८१ फाल्गुन १२, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको छ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खाद्यपदार्थ र औषधि पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको हो।

आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । तर मंगलबार वैशाख १४ गतेदेखि नै निषेधाज्ञा लगाउने विषयमा छलफल भइरहेको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले बताए ।

उनका अनुसार सार्वजनिक र निजी यातायात भने वैशाख १६ गतेदेखि बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।

फेसबुक प्रतिक्रियाहरु