काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । नेता भट्टराई बुधबार दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपले लिइएको छ ।
पछिल्लो समय माधब पक्षका धेरै नेताहरु ओली पक्षमा फर्किसकेको छ भने केहि नेताहरु फर्किने तरखरमा रहेको छ । माधब पक्ष पार्टी पनि नफुटाउने ओली संग पनि सहकार्य गर्न नसक्ने भएपछी माधबसँग बसिरहन औचित्य नभएको बताउछन ।
ओलीसँगको भेटमा भट्टराईले तिता मिठा कुरा विर्सेर पार्टी फुटबाट जोगाउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।