नेपाली कांग्रेश, नेकपा माओबादी जसपाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ ।
४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा आज नेकपा माओबादि र कांग्रेसले अविश्वास प्रस्ताव दर्ता गराएको हो ।
लुम्बिनी प्रदेशसभामा ८७ सांसद रहेका छन् । जसमा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ । प्रदेशसभामा माओवादी केन्द्रका सभामुखबाहेक १७, नेपाली काँग्रेसका २० र जसपा नेपालका ६ सांसद छन् ।