२०८१ पुस ८, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

सुर्खेत:  फ्लोर क्रस गरी कर्णालीका मुख्य मन्त्रि महेन्द्र बहादुर शाहीलाइ बिस्वासको मत दिई  सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्य मन्त्रीमा नियुक्त भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै उहाहरुलाई मन्त्रीमा नियुक्त गर्नु भएको हो । शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।

एमाले प्रदेश कमिटीले शनिबार नै फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

मुख्यमन्त्री शाहीले भने एमालेबाट निस्कासित तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव विक्रम बुढाथोकीका अनुसार नेपाली कांग्रेसलाई पनि सरकारमा समेट्ने तयारी भइरहेको छ । उनले अघि भने, ‘सकेसम्म सँगै सपथ हुनेछ ।’

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।