एमाले माधव नेपाल पक्षले बागमती प्रदेशमा पनि समानान्तर कमिटीको घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले चार नेताहरुलाई कार्बाही गरेपछि तिब्र रुपमा देसभर समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल पक्षले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको हो ।
जसको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् । समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थपिने जनाएको छ ।